दफा
सिफारिस समिति
(१) अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस पेश गर्न देहाय बमोजिमको एउटा सिफारिस समिति रहनेछ ः–
(क) राष्ट्रिय योजना आयोगको सदस्य (सम्बन्धित क्षेत्र हेर्ने) – संयोजक
(ख) कुनै विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी खानेपानी तथा सरसफाईको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको
अनुभव प्राप्त गरेको व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
(ग) भौतिक योजना तथा निर्माण मन्त्रालयको राजपत्राङ्कितप्रथम श्रेणीको अधिकृत – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले अध्यक्ष वा सदस्यको पदमा नियुक्तिको लागि सिफारिस गर्दा प्रत्येक पदको लागि कम्तीमा दुई जना व्यक्तिको नाम सिफारिस गर्नु पर्नेछ र नेपाल सरकारले त्यसरी सिफारिस गरिएका व्यक्तिहरुमध्येबाट अध्यक्ष वा सदस्यको पदमा नियुक्ति गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको सिफारिस समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।